सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बारामा स्वास्थ्य कार्यालय उद्घाटन कार्यक्रममा झडप, गोली लागेर १८ वर्षीय युवा गम्भीर घाइते

२०८३ कार्तिक १४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बारा। बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित आधारभूत स्वास्थ्य कार्यालयको उद्घाटन कार्यक्रममा स्थानीयवासी र आयोजक पक्षबीच झडप हुँदा स्थिति उग्र बनेको छ। सो क्रममा गोली चल्दा एक युवा गम्भीर घाइते भएका छन् भने आक्रोशित भिडले १० वटा मोटरसाइकलमा आगजनी गरेको छ।

गोली लागेर घाइते हुनेमा स्थानीय धर्मेन्द्र पासवानका १८ वर्षीय छोरा आदित पासवान रहेका छन्। पेटमा गोली लागेका आदितको अवस्था गम्भीर रहेको र उहाँको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

बारामा गोली चल्यो, एक घाइते, धेरै मोटरसाइकलमा आगजनी१५ शय्याको उक्त स्वास्थ्य संस्थामा विद्युत् तथा आवश्यक भौतिक पूर्वाधार निर्माणको काम पूर्ण रूपमा सम्पन्न नहुँदै हतार-हतार उद्घाटन गर्न लागिएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। विरोध प्रदर्शनकै क्रममा दुई पक्षबीच विवाद बढेपछि कार्यक्रमस्थलमा तनाव उत्पन्न भएको हो।

प्रदर्शनका क्रममा आक्रोशित स्थानीयले कार्यक्रमस्थलमा पार्क गरी राखिएका १० वटा मोटरसाइकलमा आगजनी गरेका छन्। गोली प्रहार कसले र किन गर्‍यो भन्ने विषयमा खुलाउन प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

अस्पतालको पूर्वाधार निर्माण र सेवा सञ्चालनको पूर्वतयारी बिना नै उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयको असन्तुष्टि जारी छ। घटनापछि सो क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। आगजनीबाट भएको क्षतिको पूर्ण विवरण र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी