सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मन्त्री रावलद्वारा झापाका सुकुम्बासीको गुनासो सुनुवाइ

२०८३ कार्तिक १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, १७ कात्तिकः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुन्नुभएको छ ।

सोमबार र आज उहाँले दमक, कनकाई, अर्जुनधारा र बुद्धशान्तिका बस्तीमा पुगेर स्थानीयसँग समस्या र समाधानका विषयमा छलफल गर्नुभयो । आज बुद्धशान्ति गाउँपालिका–४ को सुकुम्बासी बस्तीमा पुग्नुभएकी मन्त्री रावलले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गरी जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने बताउनुभयो ।

उहाँले बुद्धशान्ति गाउँपालिकाका सुकुम्बासीलाई आगामी दुई महिनाभित्र लालपुर्जा वितरण गर्ने आश्वासन दिनुभयो । स्थानीयले मन्त्रीसमक्ष लामो समयदेखि लालपुर्जा पाउन नसकेको गुनासो राखेका थिए ।

झापा निर्वाचन क्षेत्र नं १ का सांसद रमेश प्रसाईँले जिल्लामा सुकुम्बासी समस्या समाधानको काम अपेक्षाकृत हुन नसकेकाले मन्त्री स्वयं स्थलगत भ्रमणमा आउनुपरेको बताउनुभयो । उहाँले मन्त्रीको भ्रमणले वर्षौंदेखि लालपुर्जा पाउन नसकेका नागरिकमा जग्गाको स्वामित्व प्राप्त गर्ने आशा जागेको उल्लेख गर्नुभयो ।

सोमबार झापा पुगेलगत्तै मन्त्री रावलले जिल्ला प्रशासन कार्यालयमा जिल्लाका १५ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी सुकुम्बासी समस्या समाधानका लागि तीव्र गतिमा परिणाममुखी काम गर्न निर्देशन दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ: सभामुख अर्याल

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अन्तर्राष्ट्रिय सम्मान, १२६ जनाले पाए यूएन पदक

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

‘विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्त्वपूर्ण आधार बनेको छ’ : नेपाली सेना

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

‘नमस्कार, मेरा चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी