सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

२०८३ कार्तिक १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके, १८ कात्तिकः बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रुपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज आर्चाय, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सानो लगानी गरेर ठूलो प्रतिफल प्राप्त हुने विश्वास राखेका छन् ।

‘फिट फार्म’ नामक संस्थामार्फत अनौपचारिक रुपमा सल्लाह गरेर पहिलो अभ्यासका रुपमा पुप्पखेती गरिएको संस्थाका सञ्चालक वेदराज आर्चायले जानकारी दिनुभयो । “अहिले फूलको अग्रिम ‘बुकिङ’ भइरहेको छ र खुद्रा पनि बिक्री गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

तिहारमा बजारमा फूलको माग बढी हुने र भारतीय आयातित फूलले बजारको माग धानिरहेको उल्लेख गर्दै सञ्चालक आर्चायले यस खेतीका लागि धेरै तयारी गर्नुनपर्ने उल्लेख गर्नुभयो । सानो मेहनत र  लगानीले नै ठूलो प्रतिफल हापिसल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार फुटाहामा पानी नजम्ने ठाउँ छनोट गरेर चितवनबाट फूलको बीउ ल्याएर गत साउन महिनामा खेती सुरु गरिएको हो । तिहारअघि नै करिब रु ५० हजार बराबरको फूल बिक्री भएको जानकारी दिँदै उहाँले स्थानीयले अग्रिम बुकिङ गरेको बताउनुभयो । त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको छ ।

पुष्पखेतीसँगै तरबुजा र स्ट्रबेरीखेतीलाई प्राथमिकतामा राखेर काम गर्न खोजिएको उल्लेख गर्दै आर्चायले धेरैजसो विषयमा आफूले ज्ञान राखेकाले कुनै निकायलाई हारगुहार गर्न नपरेको स्पष्ट गर्नुभयो ।  “पानी नजम्ने जग्गा छनौट गर्नुपर्छ र पानी धेरै भएको अवस्थामा त्यसको व्यवस्थापन गर्नुपछ,” पुष्पखेतीबारे जानकारी दिदै उहाँले रासससँग भन्नुभयो ।

बर्षे झरीमा रोग र किराको व्यवस्थापन गरेर लोभलाग्दो रुपमा फूलको उत्पादन गरिएको आर्चायले बताउनुभयो । बजारीकरणको काम सामाजिक सञ्जालबाट नै भएको र त्यहाँबाट नै माग आएको उल्लेख गर्दै तिहारमा नेपालगञ्जको धम्बोझीमा माला र फूलको खुद्रा बेचबिखन हुने फिट फार्मले जनाएको छ ।

लुम्बिनी फ्लोरिकल्चर एसोसियसनका पूर्वसदस्य एवम् महिला उद्यमी सङ्घ बाँकेकी महासचिव बिन्दुचर्ति मगरले बाँकेमा करिब १३ बिगाहामा फूलखेती भएको जानकारी दिनुभयो । उहाँले स्थानीय तहलाई बजारीकरणका सम्बन्धमा नीतिनिर्माण गर्न आग्रह गर्नुभयो ।

उहाँले जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती भएको उल्लेख गर्दै भारतीय फूल आयातमा रोक लगाउनु आवश्यक भएको धारणा राख्नुभयो । बाँकेको नरैनापुर, खजुरा, नेपालगन्ज र कोहलपुरमा पुष्पखेती गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै

खहरेमा पुल निर्माण सुरु

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

बाली भित्र्याए पनि भकारी जोगाउनै मुस्किल

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

काठमाडौंका यी क्षेत्रमा आज र भोलि ५ घण्टा विद्युत् अवरुद्ध हुने

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

नागढुंगा-मुग्लिन सडक आजदेखि पाँच घण्टा बन्द

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने