सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

२०८३ कार्तिक १८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट १८ कार्तिक। सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै घुस मागेको आरोपमा एक कर्मचारी अख्तियारको फन्दामा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे नायब सुब्बा निर्मल तिमिल्सिनालाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

लालबन्दी निवासी तिमिल्सिना मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत थिए।

आयोगका अनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा बाँडफाँटसम्बन्धी प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए। सोही रकम बुझ्ने क्रममा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ।

पक्राउको पुष्टि गर्दै अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।

सरकारी कार्यालयमा सेवाग्राहीको काम सहज बनाइदिने नाममा रकम मागिएको आरोपमा कर्मचारी पक्राउ परेपछि मालपोत कार्यालयको सेवा प्रवाह र कर्मचारीको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ। पक्राउ परेका तिमिल्सिनामाथि थप कानुनी अनुसन्धान तथा प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ। सञ्जय मिश्रा/न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ