सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यामाहाको XSR १५५ सार्वजनिक हुँदै, कति छ मूल्य ?

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यामाहाले आफ्नो पछिल्लो उत्पादन एक्सएसआर १५५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ ।

यामाहा इन्डियाले हालै सार्वजनिक गरेको विज्ञप्ती निकालेर डिसेम्बर १९ मा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । केहि समय अगाडी थाइल्याण्डमा सार्वजनिक भएको यो मोटरसाइकल अब भारतीय बजारमा सार्वजनिक हुने भएको हो ।

विभिन्न मिडिया रिपोर्टका अनुसार कम्पनीले चाँडै नै अन्तर्राष्ट्रिय बजारमा पनि उक्त मोटरसाइकलको बिक्री वितरण गर्नेछ ।  हाम्रो जस्तो दक्षिण एसियाली बजारमा यामाहाले यो मोटरसाइकललाई प्राथमिकता दिएर बेच्न सक्ने अनुमान गरिएको छ ।

नयाँ एक्सएसआर १५५ मोटरसाइकल यामाहाको वाइजेडएफ–आर १५ भी३ प्लेटफर्ममा आधारित रहेको छ । कम्पनीले यही वेसमा पहिल्यै एमटी–१५ स्ट्रीट फाइटरको सार्वजनिक गरिसकेको छ ।

थाइल्याण्को स्पेसिफिकेसन भएको एमटी १५ बाट नयाँ एक्सएसआर १५५ को लागि चेसिस, इन्भर्टेड टेलिस्कोपिक फ्रन्ट फोक, रियर मोनोशक, इन्जिन र केही कम्पोनेन्ट्स लिइएको छ ।

यसमा राउन्ड एलईडी हेडल्याम्प र ड्युअल टोन फ्युल ट्यांकी जडान गरिएको छ । १५५ सीसीको सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन जडान भएको बाइकले १९ बीएच पावर र १४।७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिड गियरबक्स दिइएको छ ।

ड्युअल च्यानल एबीएस, अलोय ह्वील्स, डिजिटल इन्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडल्याम्प्स र स्लिपर क्लचले बाइकलाई प्रिमियम बनाएको छ ।

भारतीय बजारमा यसको मूल्य १ लाख ३० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । भारतीय बजार सार्वजनिक भएसँगै यो मोटरसाइकल नेपाली बजारमा समेत भित्रने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका साहको परिवारलाई सरकारले १० लाख दिने

तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध

डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

कला प्रदर्शनीले पर्यटन विकासमा टेवा पुग्छ : पूर्वराष्ट्रपति

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

प्रधान सेनापतिद्वारा अभ्यास शान्ति प्रयासको अवलोकन

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज सम्पन्न

प्रधानमन्त्रीद्वारा धनुषा र सिरहा जोड्ने पुलको शिलान्यास

जिसस प्रमुख गौतमले धुलिखेल–खावा सडकमा सुरु गरे अनशन

नेपाल-भारत सुरक्षा अधिकारीहरूको बैठक सम्पन्न : प्रभावकारी संयन्त्र परिचालन गरिने सहमति

माझी समुदायको कोशी पूजा (लदी)को अवसरमा सार्वजनिक विदा