सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष – नियमित कार्यमा पनि राम्रै जाँगर चल्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्ला । सन्तान पक्षबाट सुख मिल्नेछ । समग्रमा अनुकूलताले भरिएको दिन छ । प्रेम सम्बन्धको दृष्टिले आजको दिन त्यत्ति उत्साहजनक नरहने देखिन्छ ।

वृष – शुभदायी समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । तथापि, पत्याइएका सहयोगीहरू पछि हट्ने र प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । परिवारजनको साथले उत्साह जगाउला । मनोरञ्जनात्मक क्रियाकलापमा केही खर्च हुने योग छ ।

मिथुन – आजको दिन अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । ज्यादा समय अरूका काममा समय खर्चनुपर्ने देखिन्छ । तर, आश मारेको काम बन्नाले उत्साह जाग्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिकताको प्रभावले शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – मेहनतको फल प्राप्त हुने समय भएपनि अरूको भरपर्दा धोका मिल्न सक्छ । ब्यस्तता बढ्ने तर कामको परिणामचाहिँ परिश्रमभन्दा कमै मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कठोर मिहेनतले परिवारजनका आवश्यकता पूरा हुनेछन् । चुनौतीका बाबजुद रसरागको भाव वृद्धि हुने देखिन्छ ।

सिंह – विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, सुख–सुविधाका बस्तुमा खर्च वृद्धि हुन सक्छ, ध्यान राख्नुहोल । आरोग्यता र पराक्रम बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कन्या – नियमित कार्यमा मन लाग्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सुखमा रमाइएला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने आर्थिक लाभ हुने तथा भौतिक वस्तु प्राप्तिको योग छ । व्यापार तथा साझेदारीमा पनि फाइदा होला । मित्रहरूको साथ रमाइलो यात्राको अवसर जुट्न सक्छ । स्वास्थ्य सबल रहनेछ ।

तुला – मिश्रित फलदायी दिन छ । समयमै आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । अर्थको अभावले बन्नैलागेको काम अधुरो रहन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । विपरीतलिंगीबाट सहयोग मिल्ने देखिन्छ ।

वृश्चिक – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने समय छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, यसप्रति सचेत रहनुहोला । व्यवसायमा लगानी वृद्धि हुनेछ भने रोकिएको काममा विशेष मिहेनत लगाउनुपर्ने देखिन्छ । सुख–सुविधाको बस्तुमा आकर्षण रहनाले खर्च वृद्धिको योग छ ।

धनु – नियमित कार्यप्रति जाँगर बढ्ने र मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । मित्रबन्धूहरूसँगको जमघटले आनन्द दिलाउनेछ । फजुल खर्च वृद्धिको योग छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तथापि, सामथ्र्य बढ्नेछ । रसरागमा विशेष आकर्षण रहला ।

मकर – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कर्मफल प्राप्तिका लागि विशेष मिहेनत लगाउनुपर्ला । आयबल बढ्नेछ भने गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुनसक्ने योग छ, ध्यान राख्नुहोला । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनाले मन प्रफुल्ल रहला ।

कुम्भ – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । आश मारेको काम बन्ने सम्भावनाका कारण उत्साह जागृत हुनेछ । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ, तर त्यसको बाबजुद बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । आत्मविश्वास कायम रहनाले भइपरी आउने जस्तोसुकै समस्या सुल्झाउन सकिनेछ ।

मीन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । सामाजिक उत्तरदायित्व बहन गर्दै भविष्यमा फाइदा हुने कार्ययोजना हात पर्न सक्छ । अप्ठ्यारो पार्नका लागि प्रतिस्पर्धीहरूद्वारा गरिएको प्रयासप्रति सावधान रहँदै नियमित कार्यमा लागिपरे नसोचेको सफलता हात पर्ने योग छ । दौडधुप बढेपनि आफन्तको साथ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल