सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २४ कात्तिकः  कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ ।

आगामी मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने उक्त प्रतियोगिता भौगोलिक कठिनाइ र पूर्वाधारका कारण धेरै खेल सुर्खेतमै सञ्चालन हुने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २३ खेल सुर्खेतमा, पाँच खेल कर्णालीका अन्य चार जिल्लामा तथा चार खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा आयोजना हुनेछ ।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटनअघि मङ्सिर ८ गतेदेखि नै खेल सुरु हुनेछ । त्यसअवधिमा  पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा सुरु हुनेछ । सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्सल आट्र्सका खेल सञ्चालन हुनेछन् ।

प्रतियोगिताअन्तर्गत सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेल हुनेछन् ।

यसैगरी, कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेल तथा ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ । त्यस्तै, कबड्डी, आर्चरी, भारत्तोलन, इस्पोट्र्स र सेपाकताक्रो पनि सोही स्थानमै खेलाइने छ ।

कर्णाली प्रदेशका अन्य जिल्लामा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेल विभाजन गरिएको छ । आयोजक कमिटीका अनुसार, दैलेखमा आइटिएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेल आयोजना गरिनेछ । त्यस्तै, पौडी र सुटिङका खेल भने नेपालगञ्ज र टेनिस र खो–खोका खेल बर्दियामा सञ्चालन गरिने कार्यक्रम बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा