सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एनपीएल : जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जनकपुर बोल्ट्सविरुद्ध २७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।

यो जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्यो । टोलीले ६ खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ ।

तर, समान आठ अंक बनाएको काठमाण्डूले सुदूरपश्चिमलाई रनरेटको आधारमा पछाडि पारेको छ । जितसँगै टोलीको प्लेअफ सम्भाना पनि बलियो बनेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र जोड्न सक्यो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र जोड्न सक्यो ।

जनकपुरलाई सस्तैमा रोक्न स्कट कुगेलेइनले तीन महत्त्वपूर्ण विकेट लिए । उनले चार ओभर बलिङ गर्दा १३ रन खर्चिए ।

उनको इनिङ जनकपुरलाई पावर प्लेमा कमजोर बनाउन निर्णायक बन्यो । कुगेलेइनले २.२ ओभरमा पहिलो विकेटमा जनपुरका अनिल कुमार साहलाई आउट गरे । अनिल उक्त बलमा ‘एज’ लागेर विकेटकिपर विनोद भण्डारीबाट क्याच भएका थिए ।

यसपछि, उनले ४.४ ओभरमा ह्यारी टेक्टरलाई कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए । स्कटविरुद्ध टेक्टरले लामो सटको प्रयास गर्दा दीपेन्द्रले शान्दार रनिङ क्याच गर्दै उनलाई पभेलियनको दिशा देखाएका थिए ।

यी दुई विकेट गुमाएपछि टोलीले पावर प्लेमै खराब सुरुआत गर्‍यो । टोलीले तीन विकेटको क्षतिमा मात्र २८ रन जोड्नसकेको थियो ।

यसपछि उनले तेस्रो विकेटको रूपमा जनकपुरका जिम्मी निशमलाई १८.२ ओभरमा ब्रान्डन म्याकमुलेनबाट क्याच गराए । २० रन बनाएका जिम्मी क्याच भएपछि टोलीको सबै ब्याटिङ विकल्प पतन भएको थियो ।

टोली रनरेटले पनि निकै पछाडि पर्‍यो । १९.५० को रनरेट पछ्याइरहेको जनकपुरमाथि ३८.०० रन रेट बनाउनुपर्ने दबाबपूर्ण स्थिति आयो ।

उनीबाहेक हेमन्त धामी, थरिन्दु रत्नायके, दीपेन्द्र, अनिल खरेल र इशान पाण्डेले समान एक विकेट लिए ।

जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक २१ रन बनाए । जिम्मीले २०, राहुल यादवले ११ र आदित्य मेहताले १० रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रनको योगफल खडा गरेको थियो ।

सुदूरपश्चिमका लागि ब्रान्डनले सर्वाधिक ३३ रन बनाए । अविजित रहेका थरिन्दुले २७ रन बनाए । आरिफ शेखले ११ रन बनाउँदा ओपनर सैफ जैब र विनोदले समान १० रन बनाए ।

जनकपुरका निम्ति कप्तान हर्मित सिंहले सर्वाधिक चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा १७ रन खर्चिए । ह्यारी, राहुल, अदित्य मेहता र अभिषेक तिवारीले समान एक विकेट लिए ।

हारसँगै जनकपुरको प्लेअफ सम्भावना कठिन बनेको छ । टोली ६ खेलको समाप्तीमा चार अंकमा सीमित भएको छ । यो नतिजासँगै टोलीमाथि आगामी शुक्रबार हुने चिवनविरुद्धको खेलमा जित निकाल्नैपर्ने दबाब बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा