सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता

२०८३ कार्तिक २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कोलम्बो, श्रीलंका । बंगालको खाडी क्षेत्रका देशहरूबीच स्वास्थ्य सेवा र सार्वजनिक स्वास्थ्य सुरक्षामा सहकार्य विस्तार गर्ने उद्देश्यसहित आयोजित पहिलो बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने प्रतिबद्धता जनाएको छ।

श्रीलंकाको कोलम्बोमा नोभेम्बर ११ मा आयोजित बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका स्वास्थ्य मन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउने, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र साझा स्वास्थ्य चुनौतीको सामना गर्न क्षेत्रीय सहकार्य बढाउने विषयमा छलफल भएको थियो।

रोग नियन्त्रणदेखि डिजिटल स्वास्थ्य सेवासम्म सहकार्य

बैठकमा सदस्य राष्ट्रहरूले संक्रामक रोगको निगरानी, महामारीको पूर्वतयारी, आपत्कालीन स्वास्थ्य प्रतिक्रिया, औषधि प्रतिरोधी संक्रमण नियन्त्रण तथा डिजिटल स्वास्थ्य प्रणाली विकासलाई प्राथमिकतामा राखेका छन्।

त्यस्तै, टेलिमेडिसिन, विद्युतीय स्वास्थ्य अभिलेख, कृत्रिम बुद्धिमत्ता (AI) को स्वास्थ्य क्षेत्रमा प्रयोग, परम्परागत चिकित्सा पद्धति तथा स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिमा समेत सहकार्य गर्ने विषय अघि सारिएको छ।

बैठकले सार्वजनिक स्वास्थ्यसम्बन्धी क्षेत्रीय कार्ययोजना (२०२६–२०३०) लाई अघि बढाउने तथा सदस्य राष्ट्रहरूबीच नियमित समन्वय कायम गर्ने दिशामा साझा प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रीस्तरीय बैठक प्रत्येक दुई वर्षमा आयोजना गर्ने सहमति पनि भएको छ।

नेपाल–बंगलादेश स्वास्थ्य सहकार्यमा पनि छलफल

बैठककै अवसरमा नेपालकी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहता र बंगलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रीबीच द्विपक्षीय छलफल भएको थियो।

छलफलमा औषधि व्यापार विस्तार, बंगलादेशका मेडिकल कलेजमा नेपाली विद्यार्थीका लागि अध्ययनका अवसर बढाउने तथा साझा स्वास्थ्य चुनौती समाधानका विषयमा सहकार्य गर्ने सम्भावनाबारे कुराकानी भएको थियो।

क्षेत्रीय सहकार्यबाट स्वास्थ्य सेवा प्रवाह, रोग नियन्त्रण, स्वास्थ्य प्रविधि र औषधि क्षेत्रमा सदस्य राष्ट्रहरूले पारस्परिक लाभ लिन सक्ने अपेक्षा गरिएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार