सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पम्प सञ्चालक मनोज साह हत्याको विरोधमा प्रदेश २ मा पेट्रोल पम्प बन्द

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनकपुरको मुजेलियास्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक मनोज साह हत्याको विरोधमा धनुषासहित प्रदेश २ का विभिन्न जिल्लामा रहेका सबै पेट्रोल पम्प बन्द गरिएको छ ।

जनकपुरको मुजेलियास्थित पेट्रोल पम्प सञ्चालक मनोज साह हत्याको विरोधमा पेट्रोलियम डिलर्स एसोसिएशनको आह्वानमा व्यवसायीहरुले शनिबार पेट्रोल पम्प बन्द गरेका हुन् ।

प्रदेश २ मा रहेका सबै पेट्रोल पम्प बन्द गरिएपछि सेवाग्राहीहरू मारमा परेका छन् । पेट्रोलियम पदार्थ जस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एसोसिएशनले धनुषा लगायत प्रदेश २ का जिल्लाहरू रौतहट, बारा, महोत्तरी, सिरहा, सर्लाही, र पर्साका व्यवसायीहरुले शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

तर महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टा मात्र बन्द रहने एसोसिएशनले जनाएको छ । एसोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरिको छ ।

तीन दिन पहिले जनकपुरधाममा पेट्रोल पम्प सञ्चालन गर्ने व्यवसायी मनोज साहको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने