सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जरायो मारेर भाग्दै गरेका पाँच सिकारी पक्राउ

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तु सिकार गरिरहेको अवस्थामा पाँच सिकारी पक्राउ परेका छन् । निकुञ्जको विशेष गस्ती टोलीले सोमबार राति उनीहरूलाई जमुनिया खोलाबाट दुई मृत जरायो र हातहतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा सखुवा–प्रसौनी– १ का विशाल सहनी, झापसदास थारू र नवराज बस्नेत, काभ्रेपलाञ्चोकका दामोदर अधिकारी र ठेगाना नखुलेका मालदोङ तामाङ रहेका छन् । बन्दुक पड्किएको आवाज सुनेपछि पछ्याउँदै जाँदा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले जमुनिया खोलाबाट उनीहरूलाई नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । सिकारी समूहले निकुञ्जको गस्ती टोली देखेपछि गोली प्रहार गरेर भागेका थिए ।

गस्ती टोलीले तस्कर समूहको गाडीको टायरमा गोली हानी उनीहरूलाई रोकेको थियो । तस्कर समूहको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक र त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नगद, नाइटभिजन बाइनाकुलर, आइफोन– १४ प्रो म्याक्स मोबाइलसहित अन्य पाँच थान मोबाइलसमेत बरामद भएको छ ।

गस्ती टोलीले उनीहरूले प्रयोग गरेको बा.५च ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी र प्रदेश २–०३–००१ च ३०९७ नम्बर बलेरो पिकअप पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचैजनालाई निकुञ्जको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ