सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपाले कास्की २ को उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर २ मा मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेद्वार बनाउने भएको छ ।

नेकपा जिल्ला कमिटी कास्कीको शुक्रबार सम्पन्न बैठकले प्रतिनिधि सभाको रिक्त पदमा उम्मेदवारको लागी उनको नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालयले कास्की क्षेत्र नम्बर २ मा हुने उपचुनावमा आकांक्षी उम्मेद्वारहरुको नामावली पठाउन जिल्ला पार्टी कमिटीलाई एक साताअघि नै पत्राचार गरिसकेको थियो ।

कास्की क्षेत्र नम्वर २ बाट प्रत्यक्ष विजयी भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गत फाल्गुन १५ गते ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

यसअघि रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले कास्की २ को उम्मेद्वारको रुपमा रजनी केसीलाई उम्मेद्वार बनाउने घोषणा गरिसकेको छ ।

नेपाली कांँग्रेसले भने हालसम्म उम्मेद्वार चयन गर्न सकेको छैन । कांग्रेस जिल्ला कार्यसमिति कास्कीले उम्मेद्वार बन्न आकांक्षी १६ जनाको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का