सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

२२ करोड रुपैयाँको लागुऔषधसहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २९ कात्तिक । करिब २२ करोड रुपैयाँ बजार मूल्य बराबरको लागुऔषध कोकिनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनी कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका बेला पक्राउ परेका हुन्।

हवाई मार्गबाट हुनसक्ने लागुऔषध तस्करी नियन्त्रणका लागि शंकास्पद यात्रुहरूको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तिघरी यसअघि पनि दुई पटक नेपाल आइसकेका थिए। उनी पहिलो पटक हवाई मार्गबाट र दोस्रो पटक भारत हुँदै स्थलमार्गबाट नेपाल प्रवेश गरेको खुलेको छ।

उनले लाओस, जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियालगायत देशको भ्रमणसमेत गरिसकेको अनुसन्धानबाट खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनलाई अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालसँग जोडिएको व्यक्ति भएको देखाएको छ।

पक्राउ परेका तिघरीको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ। उनीबाट बरामद गरिएको करिब साढे पाँच किलो सेतो हेरोइनको बजार मूल्य २२ करोड रुपैयाँ रहेको प्रहरीको दाबी छ।

प्रहरी अधिकारीका अनुसार बरामद लागुऔषध भारत पुर्‍याउने योजनासहित ओसारपसार गरिएको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ