सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कैलाली, दाङ र झापाबाट ३१ जुवाडे प्रहरी फन्दामा

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मुलुकका विभिन्न स्थानबाट ३१ जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई नगद ६० हजार १७५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ ।

दाङबाट आठजनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ५८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस्तै, दाङबाटै जुवातास खेलिरहेको अवस्थामा नौजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ८ हजार १२० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

झापाबाट जुवातास खेलिरहेको अवस्थामा चारजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ