सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको ५१औँ दिनमा प्रवेश गरेको छ। असोज ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमामा प्रदर्शनको ५१औँ दिन मनाएको हो।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रले केही चलचित्रहरू प्रदर्शनबाट बाहिरिसक्दा पनि केही हलमा आफ्नो प्रदर्शनलाई निरन्तरता दिएको छ। बक्सअफिसमा औसत व्यापार गरेको चलचित्रले दर्शकबाट भने राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ।

उपलब्ध बक्सअफिस रिपोर्टअनुसार चलचित्रले हालसम्म ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्देशक लम्सालको यो डेब्यू निर्देशन रहेको चलचित्रले नै प्रदर्शनको ५१औँ दिन पूरा गर्न सफल भएको हो।

पारिवारिक भावना, बुवाको त्याग र संघर्षलाई मुख्य विषय बनाइएको चलचित्रले सन्तानको भविष्य निर्माणका लागि अभिभावकले गर्ने समर्पण तथा वृद्धावस्थामा उनीहरूले भोग्नुपर्ने चुनौतीलाई कथामार्फत प्रस्तुत गरेको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा, पटकथा, लेखन तथा निर्देशन हरि लम्सालकै हो। चलचित्रका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता रहेका छन्। त्यस्तै अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता रहेका छन्।

पारिवारिक सम्बन्ध, अभिभावकको त्याग र जीवनका संघर्षलाई केन्द्रमा राखिएको चलचित्रले ५१औँ दिनसम्म प्रदर्शन यात्रा तय गर्नुलाई निर्माण पक्षले दर्शकको साथ र प्रतिक्रियाको परिणामका रूपमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई

रणवीरको ‘रामायण’ ले बक्स अफिसमा पहिला दिन कति कमाउला ? यस्ताे छ विश्लेषण