सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

महोत्तरी, ३० कात्तिकः उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् ।

महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अघ्र्य अर्पण गरेका हुन् । यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिएका थिए ।

अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै बर्तालु छठी घाटबाट घर फर्केका छन् । यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत सङ्कल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ ।

अस्ताउँदा सूर्यदेवलाई पहिलो अघ्र्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ ।

पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदुःखी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन् । यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ । यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन् । मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलीरहन्छ । खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ ।

छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल