सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आमायाङ्ग्रीमा आध्यात्मिक, साहसिक र सांस्कृतिक पर्यटन यात्रा

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिन्धुपाल्चोक, ३० कात्तिकः हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्राः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सम्पन्न भएको छ ।

प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो ।

न्यू भिजन नेपालको आयोजनामा, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न कार्यक्रममा ४१ जनाको सहभागिता थियो ।

कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराउनुभएको थियो भने उहाँकै नेतृत्वमा साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरिएको थियो । कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले पनि योग तथा ध्यान अभ्यासमा सहभागीहरूलाई साथ दिनुभएको थियो ।

त्यसैगरी, नेपाली मौलिक कला र नेवारी संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो । सबनम खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । साथै राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र आध्यात्मिक वातावरणमा सम्पन्न यस यात्राले सहभागीहरूलाई योग, ध्यान, आत्मचिन्तन तथा सांस्कृतिक पहिचानसँग जोडिने अवसर प्रदान गरेको जनाइएको छ ।

कार्यक्रमले नेपालको प्राकृतिक सम्पदा, धार्मिक स्थल, मौलिक संस्कृति र आध्यात्मिक पर्यटनलाई एकैसाथ जोड्दै स्वस्थ जीवनशैली र आरोग्य पर्यटनको सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल