सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ३० कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताउनुभएको छ ।

सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।

सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

सभापति लामिछानेले सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,” सभापति लामिछानेले भन्नुभयो, “सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।” मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा उहाँको जोड थियो ।

सभापति लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई थप मजबुत बनाउन यस्ता पदयात्राले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै उहाँले मेची–महाकाली यात्राले हिमाल, पहाड र तराईलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने बताउनुभयो ।

त्यस अवसरमा पदयात्रा अभियन्ता सिंहले मुलुकमा सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्यालाई नजिकबाट बुझ्ने उद्देश्यले मेची–महाकाली पदयात्रा सुरु गरेको बताउनुभयो । उहाँले मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे यात्राका क्रममा प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पदयात्रा केवल भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने अभियान पनि भएको उहाँले स्पष्ट पार्नुभयो ।

सांसद सिंहले पदयात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल यात्रा गर्ने जानकारी दिनुभयो । जानकी मन्दिरबाट सुरु भएको उक्त यात्राका क्रममा मधेससहित देशका विभिन्न भू–भागका नागरिकसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु