सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुत्केरीको मृत्युपछि नेपालगन्जको अस्पतालमा तनाव, लापरबाहीको आरोप

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके । जुम्ल्याहा सन्तानलाई जन्म दिएकी १९ वर्षीया पवित्रा केसीको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा तनाव उत्पन्न भएको छ।

उपचारमा चिकित्सकीय लापरबाही भएको आरोप लगाउँदै पीडित पक्षले दोषीमाथि कारबाही, उचित क्षतिपूर्ति र दुई नवजात शिशुको भविष्यको पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने माग गरेका छन्।

बर्दियाको बढैयाताल गाउँपालिका–७ की पवित्रालाई पेट दुखेको समस्या देखिएपछि कात्तिक २६ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो। सात महिनाकी गर्भवती उनमा जन्डिस, ज्वरो र ‘सेप्सिस’ (गम्भीर संक्रमण) देखिएको अस्पताल प्रशासनले जनाएको छ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कात्तिक २७ गते साँझ शल्यक्रियामार्फत उनको गर्भबाट एक छोरा र एक छोरी निकालिएको थियो। शल्यक्रियाका क्रममा करिब १ हजार २ सय मिलिलिटर रगत बगेको अस्पतालको भनाइ छ। त्यसपछि पनि रक्तस्राव नरोकिएपछि चिकित्सकले पाठेघर निकालेर ज्यान बचाउने प्रयास गरेका थिए। तर, स्वास्थ्य अवस्थामा सुधार आउनुको सट्टा थप बिग्रँदै गएपछि कात्तिक २९ गते राति पौने १ बजे उनको मृत्यु भयो।

अस्पतालका अनुसार गम्भीर संक्रमण र गर्भावस्थाका जटिलताका कारण शरीरका महत्त्वपूर्ण अङ्गले काम गर्न छाड्ने अवस्था विकसित भएकाले उनको निधन भएको हो। अस्पतालले बिरामीको उपचारमा सम्भव भएसम्मका सबै चिकित्सा उपाय अपनाएको दाबी गरेको छ।

यता, मृतकका परिवारले भने चिकित्सकीय लापरबाहीकै कारण ज्यान गएको दाबी गर्दै निष्पक्ष छानबिन र क्षतिपूर्तिको माग गरेका छन्। मृतककी हजुरआमा विष्णुमाया आचार्यले दुई नवजात शिशुको पालनपोषण र शिक्षादीक्षाको सम्पूर्ण जिम्मा अस्पतालले लिनुपर्ने बताएकी छन्।

विरोध प्रदर्शनका क्रममा सडक अवरुद्ध भएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। मृतकको शव अझै अस्पतालमै राखिएको छ भने सोमबार अस्पताल प्रशासन, प्रहरी र पीडित परिवारबीच सहमति जुटाउने प्रयास जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार