सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ मङ्सिरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घ, केन्द्रीय कमिटीको छैटौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा पार्टी अगाडि बढ्ने बताउनुभयो । उहाँले एमाले मजबुत, देशभक्त, लोकतान्त्रिक तथा स्पष्ट दृष्टिकोण र सुदृढ सङ्गठन रहेको पार्टी भएको बताउनुभयो ।

पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले आगामी ‘दुई कार्यभार र १५ काम’ निर्धारण गरेको जानकारी गराउँदै अध्यक्ष ओलीले आन्दोलन र स्थानीय तह निर्वाचनका ती कार्यभार पूरा गर्ने तयारीमा लाग्न निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा हामी जित्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेपालको किसान आन्दोलन राजनीतिक परिवर्तन सफल बनाउने जगका रूपमा रहेको र कयौँ किसान नेताहरूले अमूल्य योगदानका साथै सहादत प्राप्त गरेको अध्यक्ष ओलीले स्मरण गर्नुभयो । किसान महासङ्घलाई विस्तार गर्ने बृहत् आधारहरू रहेको र त्यसका लागि सक्रियता आवश्यक रहेको बताउँदै उहाँले आफ्नो विगतको गौरवलाई सम्झेर त्यसलाई कायम गर्न विभिन्न क्षेत्रका किसानलाई महासङ्घमा आवद्ध गर्न आग्रह गर्नुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष प्रेम दङ्गालले महासङ्घ ७३ जिल्ला, ५३९ पालिकाका एक हजार ३६५ वडामा क्रियाशील रहेको रहेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु