सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), २ मङ्सिरः व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर रु नौ लाख ४० हजार ४९४ आम्दानी गरेको छ ।

नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट रु २७ लाख आम्दानी गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर सङ्कलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताउनुभयो । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा सङ्कलन गर्दै आएको छ । बिक्रीयोग्य सामग्री बिक्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको भए पनि निर्णय हुन नसक्दा दीर्घकालीन फोहरमैला व्यवस्थापनमा समस्या भइरहेको छ ।

नगरपालिकाले नगरका टोल, वडा र विद्यालयमा पुगेर फोहर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालय परिसरमा सङ्कलित नकुहिने फोहरबाट कागज, सिसा र प्लास्टिकजन्य सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।

कुहिने फोहर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग हुँदै आएको छ । नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक फोहर सङ्कलन गर्दै आएको छ । ती क्षेत्रबाट दैनिक करिब ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति