सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिरः मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गरी काठमाडौँलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभएको छ ।

राजधानीको प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई यसअघि नै २४ घण्टा खुला गरिसकिएको छ । विस २०८१ वैशाख १ गते तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा ती स्थानलाई २४सै सञ्चालन गरिएको थियो ।

काठमाडौँ देशको अत्यन्त महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्थापनसहित सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सिसीटिभी, सडक बत्तीलगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

त्यस्तै यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध गरी २४ घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

काठमाडौँ जिल्लाभित्र व्यापार, व्यवसाय तथा बजार क्षेत्रसमेत २४सै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, विभिन्न निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति