सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, २ मङ्सिरः १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को  जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ ।

पाँचखाल नगरपालिका–७ शिखरपुरबाट मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले उक्त डिजिटल सामग्री प्रयोग गर्दै आएको आशङ्कामा प्राविधिक अनुसन्धान गर्नुपरेको प्रहरीले जानकारी दिएको छ ।

रिसोर्टमा बस्दैै आएका चिनिया नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीयबासीको गुनासोलाई मनन् गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्राविधिकले बरामत उपकरणको अनुसन्धान गरिरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार मङ्गलबारदखिनै हिरासतमा राखिएका नियन्त्रित चिनियाँ नागरिकबारे कम्प्युटर र मोबाइलको अनुसन्धानपछि सिआईबीको रायअनुसार कानुनी प्रक्रिया अघि बढने बताइएको छ ।

“पर्यटकीय भिसामा काम गरेर बसेको जस्तो देखिन्छ, दोषी ठहरिय काननुअनुसार कार्वाही हुन्छ, अन्यता अध्यागमन विभागमा बुझाइन्छ”, विष्टले भन्नुभयो ।

थाङ्का चित्र बनाउने र पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै उक्त रिसोर्टमा तीन महिनादेखि ती नागरिक बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरुका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेलापरेको प्रहरीले जनाएको हो ।

चिनियाँ नागरिक उक्त रिसोर्टमा बस्न थालेपछि वडाध्यक्ष रामशरण दङ्गालले चासो दिएपनि सामान्य गतिविधिबाहेक अन्य विषयमा जानकारी लिन नसकेको बताउनुहुन्छ । “केही हप्ताअघि प्रहरीसहित हामी रिसोर्ट गएर बुझ्दा दुईचार जनाले हामी थान्का चित्र बनाउने हो भनेपछि फर्किएका थियाँै”, दङ्गालले भन्नुभयो ।

रिसोर्टका सञ्चालक सूर्य भेटुवालका अनुासर तीन महिनाअघि उक्त टोलीलाई रिसोर्ट नै भाडामा दिइएको बताउनुभयो । चिनियाँ नागरिकले पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै रिसोर्ट भाडामा लिएको भेटुवालको भनाइ छ ।

रिसोर्टमा विदेशी नागरिकको समूह लामो समयदेखि बसिरहेको भए पनि उनीहरुले के गरिरहेका छन् भन्नेबारे स्थानीय जनप्रतिनिधि नै अनभिज्ञ रहेको बताइन्छ । वडाध्यक्ष दङ्गालले भने पछिल्लो समय चिनियाँ नागरिकको गतिविधिबारे शङ्का लागेको र स्थानीयबाट थप गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरिएको र छानबिनका लागि सहजीकरणसमेत गरेको बताउहुहुन्छ ।

भेटुवालले चिनियाँ नागरिक आफैँ रिसोर्ट खोज्दै आएकाले रिसोर्टभै भाडामा दिइएको बताउनुभयो । ‘सेफ’समेत उनीहरुले आफैँसँग ल्याएकाले रिसोर्टका कुनैपनि कर्मचारी त्यहाँ नरहेको भेटुवालले बताउनुभयो ।

यसैबीच,  पाँचखालको घटनापछि काभे्रपलाञ्चोकको धुलिखेल, पनौती र बल्थली क्षेत्रमा चिनियाँ  नागरिकको बसाइ र गतिविधिबारे चासो बढाइएको छ । पनौतीका एक निर्माण ब्यवसायीका अनुसार  बल्थली क्षेत्रमा नयाँ तथा ठूला होटल–रिसोर्टमा केही महिनादेखि चिनियाँ नागरिकको चहलपहल बढिरहेको छ ।

काभ्रेपलाञ्चोकका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको बसाइ, उनीहरुले गर्ने गतिविधि तथा कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याउन थालिएको छ । “आजदेखि थप प्रहरी परिचालन गरी शङ्कास्पद क्षेत्रका होटल–रिसोर्टमा अनुगमन÷निरीक्षण थालिएको छ”, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाको धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायका क्षेत्रमा विदेशीको बसाई तथा गतिविधिबारे ‘संयन्त्र’द्वारा थप सूचना लिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद

स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ

सिरहाको सीमा क्षेत्रबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद