काठमाण्डौ: प्रतिबन्धित नेकपा (विप्लव) का सल्यान जिल्ला सदस्य पक्राउ परेका छन् ।
नेकपा (विप्लव) समुहका सल्यान जिल्ला कमिटी सदस्य सल्यान बागचौर नगरपालिका स्थायी घर चएका भद्र डाँगी ‘टाइगर’ लाई शनिबार विहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
बम विस्फोटन, हातहतियार र आगजनीको आरोपमा पक्राउ परेका ‘टाइगर’ लाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखी थप अनुसन्धान भईरहेको सल्यान प्रहरी प्रमुख नायब उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
सरकारले गत फागुन २८ यता सो पार्टीमाथि प्रतिबन्ध लगाए पश्चात सल्यानबाट मात्रै २ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू पक्राउ परिसकेका छन् । पक्राउ परेका सबैलाई अदालतको आदेश र धरौटीमा रिहा भएका छन् ।