सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की,२ मङ्सिरः पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० छनोट क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली कास्कीले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न अन्तिम खेलमा स्याङ्जा माथि पाँच विकेटले जित निकाल्दै कास्की च्याम्पियन बन्न सफल भएको हो ।

गण्डकी प्रदेश क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगितामा कास्कीले चारवटै खेल जित्दै सर्वाधिक आठ अङ्क जोडेर उपाधि चुमेको हो । खेलमा स्याङ्जाले दिएको ८८ रनको लक्ष्य कास्कीले १९ ओभरको दोस्रो बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८७ रन बनाएको थियो । सीमाना केसीले सर्वाधिक १६, अरमिना अधिकारीले १४, श्रेया शाहले ११ र सेरिना थापाले नौ रन बनाए । कास्कीकी सीमाना रेग्मी र रिया तामाङले समान दुई/दुई विकेट लिए ।

जितका लागि ८८ रनको लक्ष्य पछ्याएको कास्कीका लागि रेखा तामाङले अविजित २५ रन बनाउँदै जितको आधार तयार गरिन् । ३२ बलको सामना गरेकी उनले दुई चौका प्रहार गरिन् । चन्द्रमाया बरालले २३, बिनिता सिग्देलले १० र सृजना पौडेलले सात रन जोडिन् ।

स्याङ्जाका भावना भट्टराई, अपेक्षा बुढाथोकी, सलिना सेन र रञ्जना साउदले समान एक विकेट लिए । ब्याटिङ र बलिङ दुवैतर्फ योगदान पुर्‍याएकी कास्कीकी रेखा तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्याङ्जाकी सीमाना केसी ‘प्लेयर अफ द सिरिज’ घोषित भइन् । कास्कीकी चन्द्रमाया बरालले उत्कृष्ट ‘ब्याटर’ र स्याङ्जाकी अपेक्षा बुढाथोकीले उत्कृष्ट ‘बलर’को उपाधि प्राप्त गरिन् ।

प्रतियोगितामा गण्डकीका पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्कीले चार खेलबाट आठ अङ्क जोड्दा स्याङ्जा तीन जित र एक हारसहित छ अङ्कसहित उपविजेता बन्यो । नवलपुरले दुई तथा पर्वतले एक खेलमा जित निकाले । बागलुङ भने प्रतियोगिताका सबै खेलमा पराजित भयो ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने बताउनुभयो ।

त्यसैगरी मङ्सिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा प्रदेश टोली निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा

कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत