सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जनताका समस्या समाधानमा एकता कायम गर्नुपर्ने–बादल

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले मुलुकको राष्ट्रिय हित, जनताका समस्या समाधानमा पार्टीले एकता कायम राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनताका सरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिनुभयो ।

उपाध्यक्ष थापाले आशन्न स्थानीय तह, प्रदेशसभालगायतका निर्वाचनमा जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुपर्छ भन्नुभयो ।

केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको बताउनुभयो ।

भेलामा  तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन् । स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्न भेला आयोजना गरिएको हो ।

भेला सकिएलगत्तै आजै साँझ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

सक्षम स्थानीय तहबाटै सङ्घीयताको अनुभूति हुन्छ : अध्यक्ष ओली

राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै ज्ञानेन्द्र शाहीले गरे अध्यक्षमा उम्मेदवारी घोषणा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छः अध्यक्ष ओली

निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी

उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत

रास्वपा प्रतिनिधिमण्डलद्वारा सहकार्यको प्रस्ताव

एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि