सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपालगञ्जमा रगत अभाव

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके, ४ मङ्सिरः चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ”, प्रमुख रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पु¥याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताउनुभयो ।

उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उहाँले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताउनुभयो ।

“अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन”, रेग्मीले भन्नुभयो ।  उहाँले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुइ अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवद्र्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रक्तदान भइरहेको जानकारी दिँदै रगत लिने दिने प्रणालीबाट पनि समस्याको समाधान भइरहेको बताउनुभयो ।

उहाँले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या नआएको उल्लेख गर्दै आवश्यक पर्दा स्वयंसेवी रक्तदातामार्फत रगतको अभाव हटाइएको बताउनुभयो । पैतालीस पटकसम्म रक्तदान गर्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिएपछि दिनु पनि पर्छ भन्ने भावनाको विकास सबैमा हुनुपर्ने उल्लेख गर्दै जन्मदिन र वैवाहिक उत्सवमा पनि रक्तदान गर्ने प्रचलन बढन थालेको बताउनुभयो । उहाँले कम्तीमा वर्षमा दुई पटक भए पनि रक्तदानका लागि कार्यक्रम बनाउन स्थानीय सरकारसँग आग्रह गर्नुभया ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा