सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मनकामना धाममा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ५०० जनाले लिए सेवा

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आजको एकादशी मेलामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनास्थित खाँदबारी नगरपालिका–९ सङ्खुवासभामा उक्त शिविर सञ्चालन भएको हो ।

शिविरमा ५०० व्यक्तिले नि:शुल्क स्वास्थ्य परीक्षण गराउनुभएको थियो । शिविर नेपाली सेनाको इन्द्र दल गुल्मको आयोजना तथा नं २ बाहिनी अड्डाअन्तर्गतको नं २ फिल्ड एम्बुलेन्स हिलेको सहकार्यमा मङ्सिर ३ र ४ गते भएको हो । नेपाली सेना र नागरिकबीच पारस्परिक सम्बन्ध बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको सेनानी सञ्जय सिलवालले जानकारी दिनुभयो ।

शिविरमा जनरल ओपिडी, स्वास्थ्य परीक्षण र नि:शुल्क औषधि वितरण गरिएको थियो । शिविरलाई प्रभावकारी बनाउन खाँदबारी नगरपालिका, जिल्ला अस्पताल खाँदबारी, नेपाल रेडक्रस सोसाइटी स्थानीय सरोकारवाला निकायसँग समन्वय सहकार्य गरेको थियो । स्वास्थ्य शिविरमा ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएको नेपालीसेनाले जनाएको छ ।

पूर्वको चर्चित प्रसिद्ध धार्मिकस्थल मनकामना धाममा हरेका वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन मेलालाग्ने गरेको छ । सेनाको स्वास्थ्योपचार सेवा पाएपछि स्थानीयले खुसीव्यक्त गरेका छन् । मनकामना परिसरमा स्वास्थ्य शिविर आयोजनाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहज भएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।

हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमलगायतका जिल्लाबाट मेलाभर्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

नेपालगञ्जमा रगत अभाव

रोग लाग्नै नदिने स्वस्थ्य वातावरण आवश्यकः स्वास्थ्यमन्त्री मेहता

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा

कपालमा चाया किन पर्छ ? जान्नुहोस् मुख्य कारण र बच्ने उपाय

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न आग्रह

विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित

प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता

जटिल प्रसूति समस्याकी गर्भवतीको हवाई उद्धार

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा