सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

२०८३ मंग्सिर ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ४ मङ्सिर: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०७ अङ्कले बढेर ४७७ दशमलव ०१ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८२ दशमलव ३७ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ०७ अङ्कले बढेर १६२ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड छ लाख दुई हजार ४६८ कित्ता शेयर रु तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार ४७० मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घट्यो । आज ८९ कम्पनीको शेयर बढ्यो भने १८१ कम्पनीको शेयर घट्यो । त्यसैगरी नौ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज डोल्टी पावर, भूगाल इनर्जी कम्पनी, मनकामना इन्जिनियरिङलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मुक्तिनाथ म्युचुअल फण्ड, पाल्पा इन्डष्ट्रिज, स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

सुनचाँदीको मूल्य घट्यो,कारोबार कत्तिमा हुदैछ

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्छ: मन्त्री पौडेल

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार?

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुदैछ कारोबार?

यस्तो छ विदेशी मुद्राको विनिमयदर