सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा

२०८३ मंग्सिर ५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ मङ्सिरः राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत् कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागी हुनुभएको छ ।

आर्यावलोकीतेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहीबारदेखि सुरु भएको हो ।

महायज्ञको अन्तिम दिन आज राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी हुनुभएको हो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठलगायत विधिहरू समावेश गरिएकोनेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण मानिने आर्यावलोकीतेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिनुभयो ।

काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटी प्रदान गर्नुभयो । कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपतिसँग जापानका उपमन्त्रीको शिष्टाचार भेट

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल