सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

होला त उपनिर्वाचन अगावै राजपा र समाजवादीबीच पार्टी एकिकरण

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सत्तारूढ समाजवादी पार्टी र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) बीच मंसिर पहिलो साताभित्र एकीकरण हुने भएको छ ।

दुवै दलका शीर्ष नेताहरूबीच विभिन्न चरणमा भएको छलफलमा उक्त सहमती भएको हो । हाल दुबै पार्टी एकिकरण पछि एकीकृत पार्टीको नेतृत्व, सिद्धान्त, नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल केन्द्रित  रहेको बताइएको छ ।

एकीकरणपछि संगठनको नेतृत्व कस्तो हुने र अन्य शीर्ष नेतालाई जिम्मेवारी के कस्तो हुने भन्नेबारे छलफल भइरहेको एक नेताले बताए ।

राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले पार्टी एकताका लागि भएका छलफल सहमति नजिक पुगेको दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपाल वार्ता टोलीका संयोजक समेत रहेका नेता महतोले छलफल अन्तिम चरणमा पुगेको बताएका हुन् ।

एकीकृत पार्टीको नाम, झन्डा, छाप, भ्रातृ संगठनको स्वरूप सहित नीति तथा नेतृत्व लगायतका विषयमा छलफल सहमति नजिक पुगेको उनको भनाइ थियो । विगत केही समयदेखि दुवै पार्टीबीच एकताका लागि गोप्य छलफल चलिरहेको छ । छलफलमा मुख्यतः एकीकृत पार्टीको नेतृत्वकै विषयमा नेताहरू बढी केन्द्रित हुने गरेका छन् । वैकल्पिक शक्ति निर्माण, संविधान संशोधनसहित आगामी दिनमा मूल राजनीतिको नेतृत्व गर्ने गरी अगाडि बढन खोजिएको नेता बताउँछन् ।

दुई पार्टीबीच एकताका लागि छलफल सकारात्मक रहेको बताइए पनि राजपाका नेता महतोले एकीकृत पार्टीमा सर्वोच्च नेता महन्थ ठाकुर हुनुपर्ने र समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त अगाडि सारेको बताए ।

राजपामा महतो सहित महेन्द्र राय यादव र शरतसिंह भण्डारी एकताको पक्षमा छन् भने अनिल कुमार झा र राजकिशोर यादव अहिलेकै अवस्थामा एकीकरण गर्न नहुने पक्षमा उभिएका छन् । ठाकुर आफूले एकीकृत पार्टीको नेतृत्व सहित सर्वोच्च नेता भए पार्टी एकीकरण गरिने नभए नगरिने पक्षमा उभिएका छन् ।

यसैबीच समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले मंसिरको पहिलो साताभित्र राजपा नेपालसँग पार्टी एकीकरण हुने दाबी गरेकी छन् । प्रदेश २ सरकारद्वारा जनकपुरस्थित मधेस भवनमा दीपावली र छठको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले एकताको कुरा धेरै अघि बढिसकेको र मंसिर पहिलो सातासम्म दुई पार्टीबीच एकीकरण हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति