सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्व राज्यमन्त्रीसहित २५ जना करोडाै‌ं रकमसहित जुवाखालबाट पक्राउ

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पूर्वराज्यमन्त्री सहित २५ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

आईतबार बिहान करिब २ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३ पिपलमार्ग स्थित बिक्रम गौतमको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुको साथबाट हालसम्मकै ठूलो परिमाणको रकम प्रहरीले बरामद गरेको छ । प्रहरीले जुवाको खालबाट २ करोड ७० लाख नगद बैंक अफ काठमाडौंको ३ लाखको चेक १ थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

पक्राउ पर्नेहरुमध्ये पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ । जुवातासमा उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु संग्लनता रहेको प्रहरीले जनाएको छ ।

जुवाखालबाट पक्राउ पर्नेहरु मध्य क्यासिनो किङ’ बलराम सापकोटा, सोबित सिलबाल लगायतको समेत अनुसन्धान भइरहेको प्रहरी बृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोली सार्वजनिक, को-को परे?

प्रधानमन्त्री दाहाल सात दिने चीन भ्रमणमा जाँदै, यस्ता छन् कार्यक्रम (सूची)

आन्दोलनरत शिक्षकलाई गगन थापाको आग्रह– विधेयकमा संसद्‌बाटै परिमार्जन गरिनेछ, आन्दोलनको स्वरुप परिवर्तन गर्नोस्

सरकार र शिक्षकका प्रतिनिधीबीच गृहमन्त्रालयमा वार्ता जारी

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री स्टोरेबीच भेटघाट

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्री पेम्पोओबीच भेटघाट

राप्रपा नेपालकाे बिराेध प्रदर्शनबाट दर्जन नेता पक्राउ

महाधिवेशनमा आफूलाई साथ दिएको भए सफलता मिल्ने थियो : डा. शेखर

आयरल्याण्डमा सभामुख घिमिरेको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

प्रधानमन्त्री दाहाल र श्रीलङ्काका राष्ट्रपतिबीच शिष्टाचार भेटवार्ता