सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा (संयुक्त) ओखलढुंगाको सिंगो जिल्ला समिति नै काँग्रेसमा प्रवेश

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ओखलढुंगामा राप्रपा (संयुक्त)को सिंगो जिल्ला समिति नै काँग्रेसमा प्रवेश गरेको छ । शनिवार चिसंखुगढी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला सभापति नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली काँग्रेसमा प्रवेश गरेको हो ।

काँग्रेस प्रवेश गर्नेमा राप्रपा(संयुक्त) का जिल्ला सदस्यहरु जश बहादुर राइ, बमप्रसाद खतिवडा, शुक्रराज राई, प्रदिप राई लगायत छन् । यसैगरी सत्तारुढ दल नेकपाबाट शुक्रराज राई,पासाङ सेर्पा, आङ्सेरा सेर्पा ,फुर्बा सेर्पा लगायतको टोली पनि काँग्रेस प्रवेश गरेको छ ।

नवप्रवेशी राप्रपा (संयुक्त) तथा नेकपाका नेताहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार र नेता रामहरि खतिवडाले पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रम मार्फत ओखलढुंगामा अब राप्रपा संयुक्तको कुनै कमिटि नरहेको घोषणा समेत गरिएको छ ।

काँग्रेसमा प्रवेश गर्नेहरुले लोकतन्त्रको मूलधारमा आउन पाउँदा खुसी लागेको बताएका थिए । राप्रपा (संयुक्त) सहित नेकपाका कार्यकर्ताहरुलाई प्रवेश गराउँदै पूर्व सांसद रहेका नेता खतिवडाले सरकारका कामबाट असन्तुष्ट बनेका कार्यकर्ता काँग्रेसमा आएको बताए ।

राप्रपा (संयुक्त) र सत्तारुढ दल नेकपाबाट करिब १ सय भन्दा बढी काँग्रेस प्रवेश गरेको जिल्ला कार्यसमतिका प्रवक्ता राजकुमार ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल