सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राप्रपा (संयुक्त) ओखलढुंगाको सिंगो जिल्ला समिति नै काँग्रेसमा प्रवेश

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ओखलढुंगामा राप्रपा (संयुक्त)को सिंगो जिल्ला समिति नै काँग्रेसमा प्रवेश गरेको छ । शनिवार चिसंखुगढी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला सभापति नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली काँग्रेसमा प्रवेश गरेको हो ।

काँग्रेस प्रवेश गर्नेमा राप्रपा(संयुक्त) का जिल्ला सदस्यहरु जश बहादुर राइ, बमप्रसाद खतिवडा, शुक्रराज राई, प्रदिप राई लगायत छन् । यसैगरी सत्तारुढ दल नेकपाबाट शुक्रराज राई,पासाङ सेर्पा, आङ्सेरा सेर्पा ,फुर्बा सेर्पा लगायतको टोली पनि काँग्रेस प्रवेश गरेको छ ।

नवप्रवेशी राप्रपा (संयुक्त) तथा नेकपाका नेताहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार र नेता रामहरि खतिवडाले पार्टीमा स्वागत गरेका थिए । उक्त कार्यक्रम मार्फत ओखलढुंगामा अब राप्रपा संयुक्तको कुनै कमिटि नरहेको घोषणा समेत गरिएको छ ।

काँग्रेसमा प्रवेश गर्नेहरुले लोकतन्त्रको मूलधारमा आउन पाउँदा खुसी लागेको बताएका थिए । राप्रपा (संयुक्त) सहित नेकपाका कार्यकर्ताहरुलाई प्रवेश गराउँदै पूर्व सांसद रहेका नेता खतिवडाले सरकारका कामबाट असन्तुष्ट बनेका कार्यकर्ता काँग्रेसमा आएको बताए ।

राप्रपा (संयुक्त) र सत्तारुढ दल नेकपाबाट करिब १ सय भन्दा बढी काँग्रेस प्रवेश गरेको जिल्ला कार्यसमतिका प्रवक्ता राजकुमार ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय