सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भालेले सानो अण्डा पार्दा सोमबहादुर प्रहरी नियन्त्रणमा

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: आफूले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका-२ झार्लाङ कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन् ।

उनले पालेका कुखुराको खोरमा सधैंभन्दा सानो अण्डा भेटिएको थियो । कुखुराले सानो अण्डा पारेपछि । सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाई देखाउँदै गर्दा सो अण्डा भालेले पारेको र १ करोड रुपैयाँभन्दा बढी पर्ने हल्ला चल्यो ।

त्यसपछि धेरै मूल्य पाउने प्रलोभनमा सोमबहादुरले अण्डा लुकाए । त्यसको पर्सिपल्ट अण्डा गायव हुँदा उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनले छिमेकीलाई आफूले पालेको कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो बहुमूल्य हुने चर्चा सुने । एक करोडभन्दा बढीमा त्यो अण्डा बिक्री हुन्छ भन्ने हल्ला गाउँमा चलेपछि उनले अण्डाको फोटो खिचेर घरभित्रै अन्नको भकारीभित्र लुकाए।

सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफूसँग रहेको र ग्राहक खोजीदिन खबर पठाए । दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन । अण्डा हराएपछि उनले आफूले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा) लाई हेराए ।

झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले चोरेर चितवन पठाएको भनिदिए । झाँक्रीले अण्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच चोरीको विषयमा सदरमुकामस्थित एक होटलमा झगडा भयो । उनीहरूको झगडापछि ‘भालेको अण्डा काण्ड’ मा प्रहरीको प्रवेश भएको हो ।

यो समाचार आजको अन्नपूर्ण पोष्टले प्रकाशित  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यपालिका र न्यायपालिका आमने–सामने हुने संकेत

‘सेटिङ’ भत्कियो कि नयाँ विवाद जन्मियो ?

मनसुन अवधिमा खडेरीको जोखिम

शर्मा प्रधानन्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशबीच खटपट

एकता प्रयास निष्कर्षविहीन

पुर्जाविहीन रास्वपा सांसदका घर, भत्किनेमा छैन डर

सवारी विद्युतीय बनाउन छैन मापदण्ड

उपकुलपतिका लागि एकीकृत कार्यविधि

महानगरको बिचमा अस्थिपञ्जर भवन

न्यायालयमा रोलक्रम भंग, विपक्षीको विरोध

देउवाविरुद्धको रेड कर्नर ‘अपरिपक्व’

सीमा विवाद समाधानका लागि हुन सकेन संवाद