सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेसनल मेडिकल कलेजको घटनामा सत्यतथ्य छानविन गर्न ९ विद्यार्थी संगठनको माग

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः विभिन्न दलसँग आवद्ध ९ विद्यार्थी संगठनहरूले नेसनल मेडिकल कलेज वीरगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनले शनिबार पद्मकन्या क्याम्पस बागबजारमा आयोजित अन्तक्रिया कार्यक्रममा चिकित्सा शिक्षाका समस्या र समाधान विषयक छलफलमा सो माग गरेका हुन् ।

अन्तर्क्रियामा चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी, नेविसंघ चिकित्सा शास्त्र समन्वय समितिका पदाधिकारी लगायतका विद्यार्थी प्रतिनिधीहरको उपस्थिति रहेको थियो ।

नेशनल मेडिकल कलेजमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरुमाथि यथाशीघ्र कडा कारबाहीको माग, नेपाल सरकारको नीति नियमको परिधिभिध रही मेडिकल कलेज सञ्चालन गर्न नसक्ने भए ऋण र चुक्ता पुँजीको मूल्यांकन गरी देशभरीका मेडिकल कलेजको राष्ट्रिकरण गर्न माग संयुक्त विद्यार्थी संगठनले माग गरेको छ ।

यसका साथै विभिन्न कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएकाले सो शुल्कको साँवा ब्याज समेत तत्काल फिर्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि कलेज प्रशासनले मानिस लगाएर विद्यार्थीमाथि हातपात गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा डा अग्रवाल

नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित

आज विश्व दम दिवसः नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित