सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कुकुर तिहारको दिन पूर्वराजदूतको हत्यारा पत्ता लगाउने कुकुर सम्मानित

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: कुकुर तिहारको दिन पूर्वराजदूतको हत्यारा पत्ता लगाउँने कुकुरलाई सम्मानित गरिएको छ ।

नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुर तिहारको अवसरमा जोली नामक कुकुरलाई अवार्ड दिइएको हो ।

पूर्वराजदूत झाको २०७५ भदौ ३ गते आफ्नै निवासमा हत्या पश्चात् प्रहरी कुकुर तालिम स्कुलबाट खटाइएको ‘जोली’ कुकुरको सहयोगमा अभियुक्तसम्म प्रहरी पुगि हत्यारालाइ पत्ता लगाएको थियो।

निज झाको घरमा सहयोगिका रुपमा रहेका सानुकान्छा तामाङसमक्ष जोली पुगेको थियो । हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर जोलीले आफूलाई अब्बल सावित गरिसकेको छ ।

यही कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५१ वर्षको अवसरमा जोलीले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको छ ।

अपराध अनुसन्धानका क्रममा प्रमुख सहयोगी मानिएको कुकुलाई प्रहरी प्रधान कार्यालय अन्तरगतको महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रसहित देशभरका कार्यालयमा आइतबार पूजा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

उद्योगपति पाण्डेद्वारा महायज्ञमा रु ५४ लाख बढी दान