सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजधानी लगायत विभिन्न स्थानबाट चौबिस घण्टाभित्र ९२ जुवाडे पक्राउ

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः महानगरिय प्रहरी परिसरको विभिन्न बृतबाट खटिएको प्रहरी टोलीले चौबिस घण्टाभित्र ९२ जना जुवाडेहरूलाइ पक्राउ गरेको छ ।

प्रहरीको बिशेष सुराकीको आधारमा उनीहरूलाइ जुवातास खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय बिक्रम गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा बिक्रम गौतम समेत २५ जनालाई नगद २ करोड ६७ लाख रुपैयाँ, ३२ थान कौडा, ४ बुक तास र बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा लगायत रहेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाडाँडामा रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ बस्ने ४४ वर्षीय सिताराम सिलवाल समेत ६ जनालाई नगद ५६ हजार रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने ४५ वर्षीय बाल कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सविन थापा समेत ९ जनालाई नगद १६ हजार रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-२८ बागबजार डेरा गरी बस्ने भारत विहार घर भएका २० वर्षीय विकाश कुमारको कोठामा तास खेलिरहेको अवस्थामा विकाश कुमार समेत ४ जनालाई नगद १ हजार ८ सय २५ रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाजुरा, बुढिनन्दा नगरपालिका-८ पाण्डुसैन बस्ने २४ वर्षीय उब्जन रावतको पसलमा जुवातास खेलिरहेको अवस्थामा उब्जन राउत समेत १४ जनालाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र १ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कास्की, पोखरा महानगरपालिका-६ पहारी मार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छबी पौडेल समेत ९ जनालाई नगद १० लाख ५८ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

दाङ, घोराही उपमहानगरपालिका-८ बेलुवा बस्ने २६ वर्षीय सन्तोष कोरीको घरमा तास खेलिरहेको अवस्थामा सन्तोष कोरी समेत १२ जनालाई नगद ३५ हजार ६ सय ३० रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पाल्पा, रिब्दिकोट गाउँपालिका-७ डवका बस्ने हुम बहादुर कुँवरको घरमा कौडा खेलिरहेका अवस्थामा तानसेन नगरपालिका-२ बस्ने ४४ वर्षीय अमन श्रेष्ठ लगायत १३ जनालाई नेपाली नगद ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ र भारतीय २ हजार ५ सय २० रुपैयाँ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

योजनाको छनोट र खर्च प्रणालीलाई ‘डिजिटल ड्यासबोर्ड’मार्फत पारदर्शी बनाउन आग्रह

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकः जेठ ६ गतेदेखि बजेट अधिवेशन सुरु गर्ने निर्णय

नेपाली महावाणिज्यदूतावास, ड्यालसद्वारा पाँच लाख ३० हजार राजस्व सङ्कलन

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

साइबर सुरक्षामा सहकार्य र रणनीति निर्माणका लागि नेपाली सेनाको पहल

न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड’

चक्रीय कोषमा बीउपुँजीको व्यवस्थापन गरिँदै

‘सती घाटु’ नाच संरक्षण गर्दै बडिगाड र गलकोट

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने