सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा तीन नेपालीको धारिलो हतियारले विभत्स हत्या

२०७६ कार्तिक ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः छिमेकि देश भारतको पिथौरागढमा तीन नेपाली मजदूरको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ ।

हत्या हुनेमा पुरचौंडी नगरपालिका– ५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका– ४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको धारिलो हतियारले काटेर हत्या भएको जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले जानकारी दिएका छन् । उनले भने, “उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुको कात्तिक ८ गते राती हत्या भएपनि आइतबार १० गते बिहान मात्रै थाहा भएको हो । पछिल्लो  डेढ वर्ष देखि भारतको पिथौरागढ सिलौलस्थित मडमा मजदुरी गर्दै आइरहेका थिए ।

हरे बोहराकी श्रीमती केही महीना अघि दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्ने गर्थिन । हरे बोहराकी श्रीमती फरार रहेकीले घटनामा उनको संलग्नता हुनसक्ने उपप्रमुख बोहराले बताएका छन् ।

यद्दपी मृतकको शव भारतको पिथौरागढ जिल्ला अस्पतालमा नै राखिएको छ । हत्या कसले गरेको हो भन्नेबारे खुल्न नसकेको बोहोराले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी