सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतमा तीन नेपालीको धारिलो हतियारले विभत्स हत्या

२०७६ कार्तिक ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः छिमेकि देश भारतको पिथौरागढमा तीन नेपाली मजदूरको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ ।

हत्या हुनेमा पुरचौंडी नगरपालिका– ५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा तथा पुर्चौंडी नगरपालिका– ४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको धारिलो हतियारले काटेर हत्या भएको जिल्ला समन्वय समिति उपप्रमुख धनबहादुर बोहराले जानकारी दिएका छन् । उनले भने, “उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।

उनीहरुको कात्तिक ८ गते राती हत्या भएपनि आइतबार १० गते बिहान मात्रै थाहा भएको हो । पछिल्लो  डेढ वर्ष देखि भारतको पिथौरागढ सिलौलस्थित मडमा मजदुरी गर्दै आइरहेका थिए ।

हरे बोहराकी श्रीमती केही महीना अघि दाजुभाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदूरी गर्ने गर्थिन । हरे बोहराकी श्रीमती फरार रहेकीले घटनामा उनको संलग्नता हुनसक्ने उपप्रमुख बोहराले बताएका छन् ।

यद्दपी मृतकको शव भारतको पिथौरागढ जिल्ला अस्पतालमा नै राखिएको छ । हत्या कसले गरेको हो भन्नेबारे खुल्न नसकेको बोहोराले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या