
काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा अध्यक्षद्धयबिच सोमबार बिहान एकघण्टा वान टु वान भेटवार्ता भएको हो ।
अध्यक्षद्धयबिचको भेटवार्तामा पछिल्लो विकसित राजनितिक घटनाक्रमबारे छलफल भएको बालुवाटार स्रोतको दावी छ । यद्दपी अध्यक्षद्धयबिच मंसिर १४ गते तय भएको उपनिर्वाचनमा उठाइने उम्मेदवार र पार्टी एकताको बिषयमा वार्तालाप भएको प्रधानमन्त्रीका नजिकका नेताहरूले बताएका छन् ।
प्रधानमन्त्रीको एकसाता लामो अजरबैजान भ्रमणका समयमा अध्यक्ष प्रचण्डले प्रवक्ता नारायणकाजी श्रेष्ठको मध्यस्थतामा पार्टीका बरिष्ट नेता माधब नेपाल तथा बामदेब गौतमसँग हिमिचिम बढाएसँगै अध्यक्ष ओलीले प्रचण्डसँग पुन सम्पर्क बढाउदै लगेका छन् ।
हुन त अन्य समयमा अध्यक्ष र प्रधानमन्त्री बिच समय समयमा भेटवार्ता भइनै रहन्छ । दुइ पार्टी एकिकरणका समयमा अध्यक्षद्धयबिच भएको भनिएको भद्र सहमति (आलोपालो सरकारको नेतृत्व) कार्यान्वयनको प्रसङ्ग उठाएर बेला बेलामा चर्चामा आउने गर्छन ।
विभिन्न स्थानमा भएका कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वको सहमति कार्यान्वयन गर्नेतर्फ ओली गम्भिर नभएको अभिब्यक्ति दिदै आएका छन् । तर, ओलीले भने उक्त सहमति कार्यान्वयनको लागि आफू गम्भिर रहेपनि यो हल्ला गर्ने कुरा नभएको बताउँदै आएका छन् ।
प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले सहमति कार्यान्वयनको लागि ओलीका विश्वासपात्र ईश्वर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।
पछिल्लो समयमा विराटनगरमा आयोजित पार्टीको एक कार्यक्रममा प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका थिए । आफू पनि मदन भण्डारी नै हो भन्ने अभिव्यक्ति दिएका थिए ।
आईतबार मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आफू र प्रचण्डबीच दूरी नबढेको स्पष्ट पारेका छन् । ओलीले विमानस्थलमा बोल्दै गर्दा यता प्रचण्डले भक्तपुरमा आयोजित एक कार्यक्रममा सरकारको प्रशंसा गरेर ओलीसँग आफ्नो सम्बन्ध सुमधुर रहेको बताएका दिए । अहिले दुवै अध्यक्षबीच अत्यन्तै सुमधुर सम्बन्ध रहेको देखिएको छ ।