काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारी र काँग्रेस उपसभापति बिजय कुमार गच्छदार बिच भेटवार्ता भएको छ ।
काँग्रेस उपसभापति बिजय कुमार गच्छदारले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घण्टासम्म छलफल गरेका छन् ।
मध्यान्ह १२ बजे शितलनिवास प्रवेश गरेका गच्छदार सवा दुई बजेमात्र बाहिरिएका थिए ।
राष्ट्रपति भण्डारी र काँग्रेस उपसभापति बिजय कुमार गच्छदारसँग के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन । तर, गच्छदारको सचिवालयले भने दुवै भेटघाटमा समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।
