सदाबहार खबरको रफ्तार ....
असार ५, २०८१ बुधबार
June 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपनिर्वाचनमा काँग्रेसलाई कुनै हालतमा जिताउन सभापति देउवाको ह्विप

२०७६ कार्तिक ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न उपनिर्वाचनमा काँग्रेसलाई जिताउन नेता तथा कार्यकर्तालाई जुट्न निर्देशन दिएका छन् ।

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले दीपावली, नेपाल संवत् तथा छठको अवसरमा सोमबार भक्तपुरको दुधपार्टीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त निर्देशन दिएको हो ।

उनले आफूले अन्तर्घातको नामै सुन्न नचाहेकाले उपनिर्वाचन काँग्रेसको लागि जीवनमरणको प्रश्न भएको समेत जिकिर गरे । सभापति देउवाले भक्तपुरको चाहना अनुसारकै व्यक्तिलाई उपनिर्वाचनको टिकट दिइने भन्दै सबैजना पार्टीका साथीहरू एकजुट भएर चुनावमा लाग्नुपर्ने बताएका हुन् ।

सभापति देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् ।

‘गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुनेछ,’ देउवाले भने । उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए ।

उनले आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ संग्रहको सङ्ज्ञा दिँदै जनमत कांग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाटै दिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को समेत विमोचन गरेका छन्।

कांँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुरमा पनि विकासका नाममा डोजर आतङ्क चलाइएको बताउँदै जनप्रतिनिधि जग्गा दलाल र भूमाफियासँग मिलेर धनी बन्ने अभियानमा लागेको आरोप लगाए ।

काँग्रेसका भक्तपुर जिल्ला उपसभापति हरि नेपाल, सचिव निशान ढुङ्गेल, नेता मदनकृष्ण श्रेष्ठ, केदार खड्का, क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमली लगायतले आसन्न उपनिर्वाचनमा जीत काङ्ग्रेसको पक्षमा ल्याउन सबै नेता कार्यकर्ताहरू जनतासँग घुलमिल हुनुपर्नेमा जोड दिए ।

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश क मा आगमी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको लागि भक्तपुर कांग्रेसले सहमति जुटाउन नसकेपछि आकांक्षी १० जनाको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ ।

केन्द्रीय समितिको बैठक कार्तिक १५ गते शुक्रबार बस्दैछ । केन्द्रिय समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार चयन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्त्रालयको बजेट पुनर्लेखन गर्न कांग्रेसको माग

विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

बारामा एकीकृत समाजवादीको प्रतिनिधि छनौटमा मनोमानी, किसान श्रेष्ठले गोजीबाट चिट निकालेपछि बहिष्कार

पूर्वराष्ट्रपति भण्डारीद्वारा रासस तस्बिर प्रदर्शनीको अवलोकन

कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

‘पार्टी बचाउन समाजवादी सिद्धान्त र नीति नछाड्न नेतृत्वलाई दबाब दिनुपर्छ’

राष्ट्रिय अनुसन्धान बिभागलाई प्रधानमन्त्रीको मातहत राख्न मिल्दैन : प्रदीप पौडेल

प्रत्येक नागरिकलाई राजनीति र सङ्घीयता बुझाउनुपर्ने खाँचो छ : नेता बिजुक्छेँ

रासस तस्बिर प्रदर्शनीले देशको भौतिक प्रगति झल्कन्छ : अध्यक्ष केसी

बजेट चाहिदैन भन्दै ज्ञानेन्द्र शाहीले मन्त्रीलाई फिर्ता गरे बजेट पुस्तिका

सभापति देउवाद्वारा दुःख व्यक्त