काठमाण्डौः इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) को टी–ट्वान्टी वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
ईसीसीले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लिएको हो ।
नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १ सय ८९ अंक पाएको छ । एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरियतामा नेपाल शीर्ष स्थानमा रहेको छ । यसअघि नेपाल भन्दा अघि रहेका दुई एसोसियट राष्ट्र स्कटल्याण्ड र युएईको वरियता भने घटेको छ । स्कटल्याण्ड १६ औं र युएई १३ औं स्थानमा झरेको छ ।
नेपाल एक स्थान तल टेष्ट राष्ट्र आयरल्याण्ड छ। टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।
