सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्‍त्री नवाजको स्वास्थ्य अवस्था नाजुक बन्दै

२०७६ कार्तिक १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पाकिस्तानका पूर्वप्रधानमन्‍त्री नवाज शरीफ गत सातादेखी उपचारको क्रममा अस्पतालमा  रहेका छन् ।

जेल जीवन विताइरहेका पूर्वप्रधानमन्‍त्री शरीफको लाहौर सर्विसेज अस्पतालमा उपचार भैरहँदापनि स्वास्थ्यमा सुधार नआएकोले चिकित्सकहरूले उनलाई निगरानीमा राख्नुपर्ने सुझाव दिएका छ्न्  ।

राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) को हिरासत केन्द्रबाट गत सोमबार उनलाई अस्पताल भर्ना गर्न लगिएको थियो । सरिफ सन् २०१८ नोभेम्बर २४ देखि भ्रष्टाचार आरोपमा जेल परेका हुन् । सरिफका चिकित्सक डाक्टर अदनान खानले सरिफको अवस्था गम्भीर भएको भन्दै तत्काल उपचार गर्नुपर्ने बताएका छन् ।

शरीफ हृदयघात पश्चात् एक हप्तादेखि अस्पतालमा उपचाररत रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । ६९ वार्षिय शरिफको रोगबारे पुर्णरुपमा चेकजाँच गरि उनको अंग रोगबाट बढी प्रभावित छ पत्ता लगाउने कार्य भैरहेको अस्पताल स्रोतले बताएको छ ।

नवाज सरीफका भाई तथा पाकिस्तान मुस्लिम लिग (पीएमएल)का अध्यक्ष शाहबाज खानले सरिफलाई केही भए यसको जिम्मेबार प्रधानमन्त्री इमरान खान हुने बताएका छन् । यसअघि विरामी हुँदा पनि अस्पताल नलगेका कारण उनी गम्भीर विरामी भएको खानको आरोप छ ।

नवाज सरिफ पाकिस्तानको ३ पटक प्रधानमन्त्री भएका थिए । उनीमाथि चौधरी शकर मिलमा भ्रष्टाचारको आरोपमा ७ वर्षको जेल सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

खाडी मुलुकको अपिल पछि अमेरिकाले इरानमा नियोजित आक्रमण स्थगित गरेको छ : ट्रम्प

कोरिया–जापान सम्बन्ध थप नजिकिँदै

विश्वकप अघि इरानी टोली टर्की प्रस्थान

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

रुस–युक्रेन युद्ध थप चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट

चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा

अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित

इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

यूएई र रुसका राष्ट्रपतिबीच मध्यपूर्वको अवस्थाबारे टेलिफोन वार्ता

कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

लेबनान–इजरायलबीच युद्धविराम अवधि थप, संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा स्वागत

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह