सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्‍त्री नवाजको स्वास्थ्य अवस्था नाजुक बन्दै

२०७६ कार्तिक १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: पाकिस्तानका पूर्वप्रधानमन्‍त्री नवाज शरीफ गत सातादेखी उपचारको क्रममा अस्पतालमा  रहेका छन् ।

जेल जीवन विताइरहेका पूर्वप्रधानमन्‍त्री शरीफको लाहौर सर्विसेज अस्पतालमा उपचार भैरहँदापनि स्वास्थ्यमा सुधार नआएकोले चिकित्सकहरूले उनलाई निगरानीमा राख्नुपर्ने सुझाव दिएका छ्न्  ।

राष्ट्रिय जवाफदेही ब्युरो (एनएबी) को हिरासत केन्द्रबाट गत सोमबार उनलाई अस्पताल भर्ना गर्न लगिएको थियो । सरिफ सन् २०१८ नोभेम्बर २४ देखि भ्रष्टाचार आरोपमा जेल परेका हुन् । सरिफका चिकित्सक डाक्टर अदनान खानले सरिफको अवस्था गम्भीर भएको भन्दै तत्काल उपचार गर्नुपर्ने बताएका छन् ।

शरीफ हृदयघात पश्चात् एक हप्तादेखि अस्पतालमा उपचाररत रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । ६९ वार्षिय शरिफको रोगबारे पुर्णरुपमा चेकजाँच गरि उनको अंग रोगबाट बढी प्रभावित छ पत्ता लगाउने कार्य भैरहेको अस्पताल स्रोतले बताएको छ ।

नवाज सरीफका भाई तथा पाकिस्तान मुस्लिम लिग (पीएमएल)का अध्यक्ष शाहबाज खानले सरिफलाई केही भए यसको जिम्मेबार प्रधानमन्त्री इमरान खान हुने बताएका छन् । यसअघि विरामी हुँदा पनि अस्पताल नलगेका कारण उनी गम्भीर विरामी भएको खानको आरोप छ ।

नवाज सरिफ पाकिस्तानको ३ पटक प्रधानमन्त्री भएका थिए । उनीमाथि चौधरी शकर मिलमा भ्रष्टाचारको आरोपमा ७ वर्षको जेल सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाकिस्तानमा आम निर्वाचन जनवरीको अन्तिम साता

लिबिया बाढी : त्रिचालिस हजार बढी विस्थापित

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

पुटिनको आह्वानपछि काराबाखमा युद्धविराम घोषणा

अजरबैजान र अर्मेनियाबिरुद्ध युद्ध सुरु, २५ काे मृत्यु

शिख नेता खालिस्तानीको हत्या प्रकरण: क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

खलिस्तानी प्रमुखलाई भारतले मारेको क्यानेडियन प्रधानमन्त्रीको आराेप

जापानमा ८० भन्दा बढी उमेरका जनसंख्या १० प्रतिशत नाघ्यो

इरानद्धारा पाँच अमेरिकी नागरिकलाई रिहा, बदलामा अमेरिकाद्धारा इरानी सम्पत्ति फुक्का

पाकिस्तानमा उग्रपन्थी मुसलमानद्धारा अहमदी समुदाय माथी आक्रमण जारी, ३१ पुजास्थल भत्काइए

इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

लिबियाको बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला र कुपोषणको महामारी फैलन सक्ने चेतावनी