
काठमाण्डौ: अनेरास्ववियूका केन्द्रीय सदस्य एवं आर आर क्याम्पसका स्ववियू सह-सचिव इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
सोमबार बेलुका गोकर्ण- ६ माकलवारीमा १८ वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा अनेरास्ववियूका केन्द्रीय सदस्य राई पक्राउ गरेका हुन् ।
पीडित किशोरीले सोमबार राती नै प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले देउसी खेल्ने बहानामा बलात्कार गरेको आरोप लगाएकी थिइन् । मंगलबार बिहानै जोरपाटीबाट महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले राईलाई पक्राउ गरेको हो ।
पीडित किशोरीले प्रहरीमा किटानी जाहेरी दिएपछि राईलाई पक्राउ गरि अनुसन्धान भैरहेको र पीडित युवतीको स्वास्थ्य परिक्षणका लागि परोपकार प्रसुती गृह लगिएको महानगरीय प्रहरी वृत्त बौद्ध बृत्तका डिएसपी रमेश सिंहले बताएका छ्न् ।