सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे कर्दश मारिएको दाबी

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै नम्वर वान आतंकवादी मुस्लिम संगठन (आइएसआइएस)का उत्तराधिकारी अव्दुल्लाह कर्दश मारिएको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै इस्लामिक स्टेट अफ इरान एण्ड सिरिया (आईएसआईएस) का प्रमखु अबु बकर अल वगदादी सिरियाको पश्चिम उत्तर क्षेत्रमा मारिएको ४८ घण्टापछि उनका उत्तराधिकारी कर्दश पनि मारिएको घोषणा गरेका हुन् ।

यसअघी आईतवार सिरिया, इराक लगायतका देश हुँदै संसारभर आतंककारी गतिविधी गर्दै आएका इस्लामिक स्टेट अफ इरान एण्ड सिरिया (आईएसआईएस)का प्रमुख वगदादीलाई अमेरिकी सेनाले सिरियामा मारेको ट्रम्पले आईतबार पत्रकार सम्मेलन गरि घोषणा गरेका थिए ।

आतङ्कवादको लडाँईमा बगदादीको मृत्युलाई अमेरिकाले सद्धाम हुसेनको मृत्युपछि इतिहासकै ठूलो उपलब्धीको रूपमा मानेको छ ।

बगदादीको मृत्युपछी आईएसआईएसका नयाँ नेतामा अब्दुल्लाह कर्दश रहन सक्ने भन्दै अमेरिकाले अर्को कार्वाहीको रूपमा कर्दश मारिएको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इस्लामिक स्टेट आइएसले कब्जा गरेका सिरिया र इराकका सबै भूभाग फिर्ता भएको घोषणा गर्ने दिन नजिक आइरहेको बताइरहेको सन्दर्भमा पछिल्लो कार्वाहीले अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले प्रमुखताका साथ खबरहरू प्रकाशित गरेका छन् ।

ट्रम्पको पछिल्लो भनाइलाइ आधार मान्ने हो भने केही दिन पछि नै आइएस नियन्त्रित भूभाग शत प्रतिशत अमेरिकी गठबन्धन सेनाको नियन्त्रणमा आएको घोषणा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना

होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील