सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाली सेनाको हेलिकप्टरबाट अत्याधिक रक्तस्राव भएकी सुत्केरीको उद्धार

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बैतडीको सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउदको  हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी बाँकेको कोहलपुर स्थित मेडिकल कलेज पुर्याइएको थियो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउदको अत्याधिक रक्तस्राव भएपछि सेनाको हेलिमार्फत उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

अत्यधिक रक्तस्राव भएको खबर पाएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले हेलिकप्टरको व्यवस्था गरेको प्रजिअ आनन्द पौडेलले बताए । प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार सुत्केरी साउदको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर