सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सात महिनामा संसारका १४ अग्ला हिमाल आरोहण गरेर निर्मल पुर्जाले विश्व रेकर्ड तोडे

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल आरोहण सहित ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान राखेको हो ।

यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा रहेको थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड समेत प्रदान गरेकी थिइन् । विश्वमा ८ हजार मिटरभन्दा अग्ला करिब १४ वटा हिमाल रहेका छन् ।

पुर्जाले गएको २३ अप्रिलमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेर आफ्नो यात्रा सुरु गरेका थिए । उनले गएको मे महिनामा धौलागिरी, कञ्जनजङ्गा, सगरमाथा, लोत्से, मकालु सगरमाथा आरोहण गरेका थिए ।

यसैगरी जुलाइमा नाङ्गा पर्वत, जी १, जी २, के २, ब्रोड पिकको सफल आरोहण गरेका थिए । सेप्टेम्बरमा पुर्जाले चो यू, मनास्लु हिमालको आरोहण गरेका उनले अन्तिममा शीशापाङ्मा सफल सगरमाथा आरोहण गरेका पुर्जाले खिचेको तस्बिरले विश्वको ध्यान तानेको थियो ।

प्रोजेक्ट पोसिबल अभियान अन्तर्गत रहेर उनले खिचेको ‘सगरमाथामा आरोहीहरुको भिड’ भएको तस्बिर निकै चर्चित र भाइरल भएको थियो । त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचार समेत प्रकाशित गरेका थिए । साथै उनले आरोहणकै क्रममा अरु ४ जना आरोहीहरुको समेत उद्धार गरेका थिए ।

यी हुन् निर्मल पुर्जाले विश्व रेकर्ड कायम राखी आरोहण गरेका हिमालहरूः

अन्नपूर्ण, नेपाल, अप्रिल २३

धौलागिरी, नेपाल, मे १२

कञ्जनजङ्गा, नेपाल, मे १५

सगरमाथा, नेपाल, मे २०

लोत्से, नेपाल, मे २२

मकालु, नेपाल, मे २४

नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३

जी १, पाकिस्तान, जुलाई १५

जी २, पाकिस्तान, जुलाई १८

के २, पाकिस्तान, जुलाई २४

ब्रोड पिक, पाकिस्तान, जुलाई २६

चो यू, चीन, सेप्टेम्बर २३

मनास्लु, नेपाल, सेप्टेम्बर २७

शीशापाङ्मा, चीन, अक्टोबर २९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै

योगदानमा आधारित हुने अवकाश कोषको भुक्तानीमा ५ प्रतिशत मात्रै कर लाग्ने सर्वोच्चको फैसला

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंकको बैठकमा सहभागी हुन अर्थमन्त्री महत इजिप्ट प्रस्थान

पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

सरकार र आन्दोलनरत शिक्षकहरूबीचको दोस्रो चरणको वार्ता शुरु