सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सात महिनामा संसारका १४ अग्ला हिमाल आरोहण गरेर निर्मल पुर्जाले विश्व रेकर्ड तोडे

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । निर्मल पुर्जाले मंगलबार बिहान शीशापाङ्मा हिमालको सपल आरोहण सहित ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेर विश्व कीर्तिमान राखेको हो ।

यसअघि यो कीर्तिमान पोल्याण्डका आरोही जेर्जी कुकुज्जाको नाममा रहेको थियो । उनले झण्डै ८ वर्ष लगाएर सन् १९८७ मा यो कीर्तिमान कायम गरेका थिए ।

सन् २००३ मा ब्रिटिस सेनामा आवद्ध भएका ३६ वर्षीय निर्मल पुर्जालाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथले अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्ड समेत प्रदान गरेकी थिइन् । विश्वमा ८ हजार मिटरभन्दा अग्ला करिब १४ वटा हिमाल रहेका छन् ।

पुर्जाले गएको २३ अप्रिलमा अन्नपूर्ण हिमालको सफल आरोहण गरेर आफ्नो यात्रा सुरु गरेका थिए । उनले गएको मे महिनामा धौलागिरी, कञ्जनजङ्गा, सगरमाथा, लोत्से, मकालु सगरमाथा आरोहण गरेका थिए ।

यसैगरी जुलाइमा नाङ्गा पर्वत, जी १, जी २, के २, ब्रोड पिकको सफल आरोहण गरेका थिए । सेप्टेम्बरमा पुर्जाले चो यू, मनास्लु हिमालको आरोहण गरेका उनले अन्तिममा शीशापाङ्मा सफल सगरमाथा आरोहण गरेका पुर्जाले खिचेको तस्बिरले विश्वको ध्यान तानेको थियो ।

प्रोजेक्ट पोसिबल अभियान अन्तर्गत रहेर उनले खिचेको ‘सगरमाथामा आरोहीहरुको भिड’ भएको तस्बिर निकै चर्चित र भाइरल भएको थियो । त्यही तस्बिरका आधारमा विश्वका धेरै सञ्चार माध्यमले ‘सगरमाथामा ट्राफिक जाम’ भन्दै समाचार समेत प्रकाशित गरेका थिए । साथै उनले आरोहणकै क्रममा अरु ४ जना आरोहीहरुको समेत उद्धार गरेका थिए ।

यी हुन् निर्मल पुर्जाले विश्व रेकर्ड कायम राखी आरोहण गरेका हिमालहरूः

अन्नपूर्ण, नेपाल, अप्रिल २३

धौलागिरी, नेपाल, मे १२

कञ्जनजङ्गा, नेपाल, मे १५

सगरमाथा, नेपाल, मे २०

लोत्से, नेपाल, मे २२

मकालु, नेपाल, मे २४

नाङ्गा पर्वत, पाकिस्तान, जुलाई ३

जी १, पाकिस्तान, जुलाई १५

जी २, पाकिस्तान, जुलाई १८

के २, पाकिस्तान, जुलाई २४

ब्रोड पिक, पाकिस्तान, जुलाई २६

चो यू, चीन, सेप्टेम्बर २३

मनास्लु, नेपाल, सेप्टेम्बर २७

शीशापाङ्मा, चीन, अक्टोबर २९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन