सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कपिलवस्तुको कृष्णनगरमा कर्फ्यु: प्रहरीको गोली लागी एक जनाको मृत्यु

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूह (हिन्दु र मुसलमान) बीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकाल सम्मका लागि कर्फ्यू लगाएको छ।

कपिलवस्तुको कृष्णनगर बजारमा कर्फ्यूको अवज्ञा गरेको भन्दै प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर कृष्णनगरका २० वर्षीय सुरजकुमार पाण्डेको  घटनास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयले मृतक पाण्डेको बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

बुधबार कृष्णनगर क्षेत्रमा लक्ष्मी पूजाको मूर्ति बिर्सजनको विषयमा दुइ समुह (हिन्दु र मुसलमान)बीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहिबार कर्फ्यू आदेश जारी गरेको हो ।

 

बिहिबार बिहान ११ बजेदेखी कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ सातसय मिटर, पश्चिमतर्फ तीनसय मिटर क्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यू  जारी गरिएको छ ।

प्रशासनले कर्फ्यूको अवज्ञा गरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिइएको छ । बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । तनाव बढेपछि बुधबार प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो ।

सो क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यू जारी रहने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताएका छन् ।

के हो खास घटनाको बास्तविकता ? 

कपिलबस्तु जिल्लाको कृष्णनगर न.पा.-३ स्थित झण्डीनगर भन्ने स्थानमा (फतिजा मदरसा नजिक) हिन्दु समुदायहरुले लक्ष्मी पुजाको लक्ष्मीको मुर्ति बिसर्जन गर्ने क्रममा पहिले देखि नै सम्झौता गरेको बाटो प्रयोग नगरेको भनि मुश्लिम समुदायले रोक लगाँउदा हिन्दु समुदाय र मुश्लिम समुदाय बीच झडप भएको स्थानिय बासिन्दाको भनाइ रहेको छ ।

लक्ष्मी पूजा गरिसकेपछि हिन्दू समुदायका व्यक्तिहरुले कृष्णनगरको झन्डीनगरस्थित नदीमा मूर्ति विसर्जन गर्न लगेकोमा मुस्लिम समुदायका युवाहरुले मूर्ति विसर्जनमा अवरोध गरेपछि तनाव उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

हिन्दु मुसलमानको झडपलाई नियन्त्रण गर्न शसस्त्र प्रहरीले तीन दर्जन र नेपाल प्रहरीले करिब ३० सेल अश्रु ग्याँस प्रहार गरेको थियो ।  प्रहरीले भिडलाइ अश्र्युग्याँस प्रहार गरी  स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।

हाल हिन्दु समुदायले झडप निम्त्याउने मुश्लिमहरुलाई पक्राउ गर्नु पर्ने माग राखी  बिसर्जनको लागि लगिएका मुर्तिहरु सोही स्थानमा नै राखेको छ । उक्त स्थानमा थप झडप हुने सम्भावनालाई मध्यनजर गर्दै शसस्त्र प्रहरी तथा नेपाल प्रहरीले बाक्लो सुरक्षा तैनाथी गरेको जिल्ला प्रसासन कार्यालय कपिलबस्तुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

मन्त्रिपरिषद् बैठक बस्दै

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

आजदेखि देशभर ‘सरसफाइ सप्ताह’

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा