सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धादिङ्गमा बोलेरो दुर्घटना नौ जना यात्रु घाइते

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धादिङको गजुरी गाँउपालिका वडा नम्बर २ चुनिखोलामा बिहिबार बिहान जिप दुर्घटना हुँदा जिपमा सवार ९ जना घाइते भएका छन् ।

धादिङको बेनिघाट रोराङ्ग गाँउपालिका वडा नम्बर २ ताल्तीबाट मलेखु तर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ बिहान ९ बजे कच्ची बाटोबाट ३० मिटर तल टुकी खोल्सामा खसी दुर्घटना भएको हो ।

उक्त जिप दुर्घटनामा परी नौ जना यात्रुहरू घाइते भएका छन् । घाइते हुनेहरूमा गजुरी गाँउपालिकाका चार जना, बेनिघाट रोराङ गाँउपालिकाका चार जना र मकवानपुरका एक जना रहेका छन् ।

घाईतेहरुको स्थानियले उद्दार गरी गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नामावलीः

१. गजुरी गा.पा. २ का २३ बर्षीय अच्युत सिलवाल,

२. गजुरी गा. पा. २ का २५ बर्षीय भिम सिलवाल,

३. बेनिघाट रोराङ गा. पा. २ छाप डाडाका नबराज खरेल,

४. गजुरी गा. पा. २ का १५ बर्षीय बिबस सेढाँई,

५. बेनिघाट रोराङ गा. पा. २ ताल्तिका ३४ बर्षीय सान्तिमाया तामाङ,

६. मकवानपुर मनहरी गा. पा. ३ का २८ बर्षीय सुनिल दर्जी,

७. बेनिघाट रोराङ गा. पा. ४ का २४ बर्षीय नरेस सिलवाल

८. गजुरी गा. पा. ३ का २२ बर्षीय दिनेस तामाङ

९. बेनिघाट रोराङ गा. पा. २ का १८ बर्षीय सरस्वती रेग्मी रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन

वन्यजन्तुका डरले बसाइँसराइ

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विवाह गर्ने उमेर २० वर्ष नघटनाउन आग्रह

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

आलेख– घोडाघोडी सिमसारः सम्भावना ठूलो, संरक्षण कमजोर