सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साझा पार्टीले भक्तपुरको प्रदेशसभामा सुरज प्रधानलाई उमेद्वार बनायो

२०७६ कार्तिक १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः साझा पार्टीले भक्तपुरको प्रदेशसभामा सुरज प्रधानलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बिहीबार पत्रकार सम्मेलन मार्फत साझाले २८ वर्षीय सुरज प्रधानलाई भक्तपुर क्षेत्र नं १ (क) बाट प्रदेशसभा उम्मेदवार बनाउने घोषणा गरेको हो ।

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट भक्तपुर संयोजक प्रधानलाई उम्मेदवार बनाउने निर्णय भएको साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताएका छन् ।

भक्तपुर जिल्ला संयोजकको रुपमा सक्रिय रहेका प्रधान विगत लामो समयदेखि समाजसेवा र वातावरण अभियानकर्ताको रुपमा क्रियाशील प्रधान वातावरणमैत्री ईट्टा उत्पादक व्यवसायी समेत हुन् ।

उम्मेदवार प्रधानले पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टताको चार खम्बामा अडिग रहेर राजनीतिक जिम्मेवारी वहन गर्न प्रतिबद्ध प्रधानले निर्वाचित भएको खण्डमा पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने दावी गरेका छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधनपछि भक्तपुर क्षेत्र नम्बर १ (क) मा  उपनिर्वाचन हुन लागेको हो । २०७५ साल वैशाख ३१ गते मष्तिस्कघातका कारण लामिछानेको निधन भएको थियो ।

साझा पार्टीले आउँदो शनिबार १६ गते दाङ निर्वाचन क्षेत्र नं ३ (ख) को प्रदेशसभा उमेदवार दाङमैँ एउटा कार्यक्रमका बीच औपचारिक घोषणा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः अध्यक्ष घिसिङ

कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

रास्वपाको सचिवालय बैठक बस्दै

एमालेद्धारा २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ: अध्यक्ष राई

राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ: सभापति थापा

जनताले नयाँ अनुहार मात्रै होइन, नयाँ सोच र कार्यशैली खोजिरहेका छन्: उपनेता पराजुली

रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनित

श्रम संस्कृति पार्टीमा सुदन किरातीको इन्ट्री, उपाध्यक्षसहित १५ केन्द्रीय सदस्य पाउने सहमति